डा. गोविन्द केसीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

0
93

काठमाडौं – आमरण अनसनरत डा. गोविन्द केसीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । १९औं अनसनमा रहेका डा. केसीलाई भेटेकी त्रिवि चिकित्साशात्र अध्ययन संस्थान (आईओएम)की डीन डा. दिव्या सिंह शाहलाई शनिबार संक्रमण पुष्टि भएपछि केसीको पनि स्वाब दिइएको थियो । चिकित्सा शिक्षा सुधारको माग राख्दै २९ भदौमा जुम्लामा अनसन बसेका डा. केसी हाल त्रिवि शिक्षण अस्पतालमा छन् र, उनको स्वास्थ्य कमजोर बन्दै गएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here