डाक्टरको गीत , अधिकारीको संगीत अनि रोकाको आवाज ”तिमीलाई भुल्न के गाह्रो छ र”

1
564

”तिमीलाई भुल्न के गाह्रो छ र
एकमुठी साश रोकिदिए पुग्छ
तिमीबाट टाढा जान के गाह्रो
संसारलाई बिदा गरिदिए पुग्छ ,,,,,,

काठमाडौँ – बिन्दबाशिनी म्युजिक प्रालिको प्रस्तुतिमा निकै नै मर्मस्पर्शी गीत तिमीलाई भुल्न के गाह्रो छ र ” प्रकाशनमा आएको छ । अत्यन्तै मार्मिक अनि साहित्यिक शब्दले सजिएको यस गीतलाई गीतकार डा. बिष्णुमुर्ति भट्टराइले लेखेका हुन् भने संगीत बरिष्ट संगीतकार सुरेश अधिकारीले भरेका हुन् । माया पिरतीमा आधारित यस गीतलाई आफ्नो सुमधुर स्वरले सजाएका छन् गायक राज रोकाले ।

हालै लिरिकल भिडियोको रुपमा प्रकाशनमा आएको यस गीतको भिडियो पनि चाडैनै बजारमा ल्याउने तयारीमा रहेको र बिन्दबाशिनी म्युजिक जस्तो कम्पनि संग सहकार्य गर्न पाउदा आफुहरु निकैनै हर्षित रहेको डा. बिष्णुमुर्ति भट्टराइले झंकारन्युजलाई जानकारी दिएका छन् । 

यो गीत अत्यन्तै सदाबाहार रहेको पनि हामी सुन्न सकिन्छ ।  डा. भट्टराइ पेशाले स्वास्थ्य क्षेत्रमा रहेपनि गीत संगीत क्षेत्र का स्थापित ब्याक्ति हुन् । उनले अन्य धेरै गीतहरुमा कलम चलाइसकेका छन् ।

हाम्रो तर्फदेखी यस गीतको शम्पूर्ण परिवारलाई लाखौ लाखौ शुभकामना गीतले इतिहाश रच्न सफल होस् सदाबाहार बनोस ,,,,

                                                          जय गीत जय संगीत

गीत हेर्न तथा सुन्नको लागि तल दिएको लिंकमा क्लिक गर्नुहोला

1 COMMENT

  1. “तिमिलाइ भुल्न के गार्हो छ र एक मुठी सास रोकिदिय पुग्छ,”

    डाक्टर बिष्णुमुर्ति भट्टराई का भाबात्मक शब्द,,
    सङित साधक आदरणीय सुरेश अधिकारिको कर्णपृय अनि भाबात्मक सङित र शब्द सुहाउदो स्वर राज रोक्का।।
    गित को गहिराई मा पुग्न अबस्यपनी एकान्तता को आबस्यकता प्रदछ।।गहन शब्द हरु लाई एकताको मालामा उनेर गितकार भाइ डाक्टर बिश्नु मुर्ती भट्टराई ले निकै राम्रो सृजना गर्नुभयको छ।। आउदा दिन मा पनि यस्तै भाबात्मक अनि शब्द माधुर्यता अनि सुमधुर सङित ले मन्त्रमुग्ध पार्ने गित हरु पस्कदै जानुहोला जस्ले म जस्ता गित सङित प्रेमी हरु सधै धन्य र आभारी रहने छौ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here