ठगी आरोपमा ‘ज्योतिषी’ अर्जुन क्षेत्री पक्राउ

0
13

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालको सह–सचिव हुँ भनेर ठगी गरेको आरोपमा आफूलाई ज्योतिषी बताउने अर्जुन क्षेत्री पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा उनलाई अख्तियार र महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले पक्राउ गरेको बताइएको छ।
एक प्रहरी अधिकृतले बताए अनुसार उनले विद्युत् प्राधिकरणले खरिद गरेका जग्गामा घोटाला भएको भन्दै चार करोड रुपयाँ माग गरेका थिए । बार्गेनिङका क्रममा ५० लाखमा लेनदेन सहमति भइसकेपछिको अवस्थामा उनि पक्राउ परेका हुन् ।
क्षेत्री २०७६ मा पनि ठूलो भूकम्प जाँदैछ भनेर अफवाह फैलाएको आरोपमा पक्राउ परेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here