ट्रम्प र ज्ञवालीको संक्षिप्त भेट

0
11

न्युयोर्क- परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग संक्षिप्त भेट गरेका छन् । राष्ट्रसंघको ७४ औं महासभा बैठकका अवसरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्युयोर्कस्थित लोट्टे प्यालेस होटलमा मंगलबार दिएको रात्रीभोजमा मन्त्री ज्ञवालीले उनीसंग भेट गरेका हुन् ।
ट्रम्पले ‘नेपालको स्थितीका बारेमा सामान्य रुपमा जिज्ञासा राख्नुभएको परराष्ट्रमन्त्री ज्ञवालीले बताएका छन् । साथै ट्रम्पले आपसी सहयोग र सहकार्यको सन्दर्भमा पनि कुरा राखेको उनले बताएका छन् ।
१९० भन्दा बढी देशका राष्टप्रमुख तथा राष्टसंघीय महासभा डेलिगेसन प्रमुखको स्वागतमा दिइएको रात्रीभोजमा नेपालका तर्फबाट परराष्ट मन्त्री ज्ञवालीले सहभागिता जनाएका थिए ।
महासभा बैठकमा नेपालले शुक्रबार आफ्नो धारणा राख्दैछ । यसअघि, नेपालको बोल्ने पालो आगामी सोमबारका लागि तोकिएको न्यूयोर्कस्थित राष्ट्रसंघीय नियोगका प्रवक्ता उपसचिव लोकबहादुर पौडेल क्षेत्रीले जनाएका छन् ।
महासभामा सहस्राब्दी विकास लक्ष्यका बारेमा पनि निर्धारित र योजना बीचको तालमेल तथा स्रोत–लगानीको आवश्यकताका बारेमा बिशेष सहस्राब्दी लक्ष्य बैठक मंगलबार सुरु भएको छ । यसमा सन् २०३० लागि निर्धारित सहस्राब्दी लक्ष्य र प्रगती विवरणका बारे समीक्षा सुरु भएको छ । परराष्ट मन्त्री ज्ञवालीले सहस्राब्दी लक्ष्यका प्रमुख १७ वटा क्षेत्रहरु स्वास्थ्य, शिक्षा, आर्थिक समृद्धि, वातावरण, लैगिंक समानताजस्ता विषयमा थप स्रोत र लगानीको आवश्यकता रहेकोबारे आफूले महासभा बैठकमा जानकारी गराएको बताए ।
यस्तै , स्वास्थ्य क्षेत्रमा रहेको विश्वव्यापी योजनाबारेको बैठकमा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले सहभागिता जनाएका थिए । बैठकका विभिन्न चरणमा वन तथा वातावरण मन्त्री शक्ति बस्नेत, राष्ट्रिय योजना आयोगका सदस्यहरु कृष्णप्रसाद ओली, मीनबहादुर शाही, डा. पुष्पा चौधरी, सांसद तारादेवी भट्ट, दिनानाथ शर्मालगायतले सहभागिता जनाउँदैछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here