ट्रम्प दम्पतिलाई कोरोना संक्रमण

0
28

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अमेरिकी फस्र्ट लेडी मेलानिया ट्रम्पलाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । यससँगै आफू क्वारेन्टिनमा बसेको र अब आफूहरु छिटै निको हुने विश्वास पनि उनले व्यक्त गरेका छन् । बीबीसीका अनुसार ट्रम्पकी सहयोगी होप हिक्सलाई कोभिड–१९ पोजेटिभ देखिएपछि उनले पनि परिक्षण गरेका थिए ।
चुनावी प्रचार प्रसारमा व्यस्त ट्रम्प र संक्रमण देखिएको होप टेलिभिजन डिबेटका लागि सँगै एयर फोर्स वनबाट यात्रा गरेका थिए।
ट्रम्पले होपलाई संक्रमण भएको बारे ट्वीटमार्फत् जानकारी गराएका थिए। अमेरिकामा हालसम्म २ लाखभन्दा बढी मानिसले कोभिड(१९ संक्रमणका कारण ज्यान गुमाइ सकेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here