ट्रकको ठक्करबाट काठमाडौँको गोकर्णेश्वरमा एक बालकको मृत्यु

0
21

काठमाडौं- काठमाडौँको गोकर्णेश्वरमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ । गोकर्णेश्वर नगरपालिका–३ स्थित सुन्ताखानमा ठाउमा आज बिहान बा ३ ख ३७०८ नम्बरको ट्रकको ठक्करबाट भारत घर भई गोकर्णेश्वर बस्ने राजु अहमदका दुई वर्षीय छोरा अरमानको मृत्यु भएको हो ।
ट्रकले किचेका बालक अरमानको घटनास्थलमै मृत्यु भएको गोकर्णस्थित महानगरीय प्रहरी प्रभागका प्रहरी नायब निरीक्षक प्रभाकर पुडासैनीले जानकारी दिएका छन् । उक्त ट्रकका चालक कृपाजित राई र ट्रकलाई भने प्रहरीले नियन्त्रणमा लिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here