ट्रकको ठक्करबाट एकजनाको मृत्यु

0
3

मकवानपुर – ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मकवानपुरमा एक जनाको मृत्यु भएको छ । हेटौँडाबाट मनहरितर्फ जाँदै गरेको बागमती प्रदेश ३००४ प ७१९१ नंको मोटरसाइकललाई ना७ख ८८१ नंको ट्रकले मंगलबार बिहान साढे ६ बजे नवलपुरको मोडमा ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–१२ निवासी ३२ वर्षीय सुशान्त पुडासैनी रहेका छन् । ट्रकका चालक लमजुङ निवासी पूर्णबहादुर भुजेललाई नियन्त्रणमा लिई कारबाहीे अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here