ट्याक्टर दुर्घटना हुँदा ​कपिलवस्तुमा दुई जनाको मृत्यु चार घाइते

0
5

काठमाडौं – कपिलवस्तुको बुद्धभूमि नगरपालिका–३ रनगाईमा ट्याक्टर पल्टिदा दुई जनाको घटना स्थलमा मृत्यु भएको छ । लु ४ त २४०२ नम्बरको ट्याक्टर मंगलबार बिहान ७ बजे दुर्घटना भएको थियो । मृत्यु हुनेमा स्थानीय ४८ वर्षिया शिवकुमारी थारू र १६ वर्षिया फुलकुमारी थारू रहेकी इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जनाएको छ । बलराम सुनार, कृष्ण विक, सरिता थारू र सीमा थारू घाइते भएका र बलरामको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक लीलाराम आचार्यले बताए । बालुवा लिनको लागि मजदुर लिएर बुद्धभूमि ४ बुड्ढी जाने क्रममा सडकदेखि करिब ५ मिटर तल खसेर दुर्घटना भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here