ट्याक्टर दुर्घटना हुँदा कपिलवस्तुमा: दुईको मृत्यु, ५ घाइते

0
94

कपिलवस्तु – कपिलबस्तु जिल्ला स्थित वाणगंगा नगरपालिकाको कोपवामा गएराति ट्याक्टर दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ ।
जितपुरबाट कोपवातर्फ गैरहेको लु३त ७२७२ नम्बरको ट्याक्टर कोपवा सडकखण्डमा अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ट्याक्टर चालक वाणगंगा नगरपालिका–१ उप्टहवाका ३५ वर्षीय रामु थारु र १५ वर्षीय रन्जित बोटे माझीको मृत्यु भएको प्रहरीले जनाएको छ । सोहि ट्याक्टरमा सवार अन्य ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा वाणगंगा–१ का १७ वर्षीय जय ज्ञवाली र सोही ठाउँका १५ वर्षीय मनिस परिवार गम्भीर घाइते भएका छन् । उनीहरुको थप उपचारका लागि बुटवल ल्याएको छ ।
सामान्य घाइते ३ जनाको त्यहा स्थित स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here