ट्याक्टरको ठक्करबाट मोरङमा एक बिद्यार्थीको मृत्यु

0
7

काठमाडौं – ट्याक्टरको ठक्करबाट मोरङमा एक बिद्यार्थीको मृत्यु भएको छ। मोरङको उर्लाबारी ३ स्थित सोल्टी पुलमा बुधबार बिहान ट्याक्टरको ठक्करबाट एक बिद्यार्थीको मृत्यु भएको हो । बिहान कलेज जाने क्रममा उर्लाबारी ७ का निश्चल बानियाँको मृत्यु भएको हो । प्रदेश १–०१–०१२ प ७१५२ नम्बरको मोटरसाईकलमा सवार बानियाँलाई को २ त ८२९६ नम्बरको ट्याक्टरले ठक्कर दिँदा उनको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्याक्टर र त्यसका चालक मोरङको मिक्लाजुङ गाउँपालिका–६ का १९ वर्षीय मोहन तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालक तामाङको सवारी चालक अनुमति पत्र नभएको प्रहरीको भनाइ छ। मृतक बानियाँको शवलाई पोष्टमार्टमका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा राखिएको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here