ट्यांकरले ६ वटा गाडीलाई ठक्कर दियो चालक फरार अनुसन्धान जारि

0
77

काठमाडौं – सोह्रखुट्टेको ओरालोमा पानी ट्यांकरले ६ वटा गाडीलाई ठक्कर दिएको छ ।
ब्रेक फेल भएपछि अनियन्त्रित भएर ओरालो झरेको ट्यांकरले बस, कार र मोटरसाइकल गरी ६ सवारी साधानलाई ठक्कर दिएको छ ।
महानगरीय प्रहरी वृत्त, सोह्रखुट्टेका डीएसपी सन्तोष राठौरका अनुसार घटना बिहान करिब ९ बजेको हो । ‘धन्न कुनै मानवीय क्षति हुन पाएन’, उनले एक अनलाइन न्युज संगको कुराकानीमा बताएका छन्।
उनका अनुसार बा ३ ख ९४५० नम्बरको ट्यांकर घरमा गएर ठोक्किएपछि राकिएको थियो । घटनालगत्तै चालक फरार भएका थिए । तर, ट्यांकर धनी भने प्रहरीकहाँ पुगेका छन् । प्रहरीले थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here