टेलिभिजनमा समाचार वाचन गर्दागर्दै प्रस्तोताको दात खुस्किएपछि हंगामा………

0
17

एजेन्सी – एक युक्रेनी टेलिभिजन प्रस्तोता मारिच्का पाडाल्कोको टेलिभिजनमा बोल्दाबोल्दै दाँत झरेको छ । त्यसपछि उनले सम्हालिएर रिपोर्ट प्रस्तुत गरिन् तर दाँत झरेको कुरा अरुले थाहा पाए ।
उनले कसैलाई नढाँटी आफ्नो ईन्स्टाग्राममा पोष्ट गरिन् र भनिन्, ‘मैले समाचार पढेको २० वर्ष भयो तर यस्तो अचम्मको अनुभूति पहिलो पटक भयो ।’भिडियोमा उनले समाचार पढ्दापढ्दै दाँत अलि तल झरे पछि हातले छोपेर दाँत व्यवस्थापन गरेको देख्न सकिन्छ । उनको यो भिडियो सामाजिक सञ्जालमा भाईरल बनेको थियो भने धेरैले उनको प्रशंसा गरेका छन् ।
उनले केही वर्ष अघि आफ्नी सानी छोरीले भित्ते घडी आफूतिर फ्याँक्दा मुखमा लागेर दाँत झरेको र पछि नक्कली दाँत हालेको स्वीकार गरेकी छन् । त्यही दाँत पनि टेलिभिजनमा बोल्दाबोल्दै खसेको उनले स्वीकारेकी छन् । यस्तो परिस्थिति आउन सक्छ, केवल शान्त रहनुस उनले अरुलाई सुझाएकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here