टेलिकमको ल्यायो नयाँ अफर , रिचार्ज गरेबापत बोनस डाटा उपलब्ध गराउने

0
4

काठमाडौं- नेपाल टेलिकमले कम्पनीका रिचार्ज कार्डबाट आफ्नो मोबाइल रिचार्ज गरेबापत ग्राहकहरूलाई बोनस डाटा उपलब्ध गराउने भएको छ। ग्राहकले दुई सय रुपैयाँ, पाँच सय र एक हजार रुपैयाँ दरका रिचार्ज कार्ड प्रयोग गरी मोबाइल रिचार्ज गर्दा कम्पनीले सो अफर उपलब्ध गराउने भएको हो। दुई सय रुपैयाँको रिचार्ज कार्ड प्रयोग गर्दा यस बापत १ दिन प्रयोग गर्न सकिने १ जिबी डाटा र पाँच सय रुपैयाँको रिचार्ज कार्ड प्रयोग गर्दा यस बापत ४ दिनसम्म प्रयोग गर्न सकिने ४ जिबी डाटा उपलब्ध हुनेछ। त्यसैगरी, एक हजार रुपैयाँको रिचार्ज कार्ड प्रयोग गर्दा यस बापत १० दिनसम्म प्रयोग गर्न सकिने १० जिबी डाटा बोनस स्वरुप प्राप्त हुने कम्पनीले बताएको छ। यो अफर मंसिर २० गतेदेखि आगामी पुस १९ गतेसम्म जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्ताहरूका लागि उपलब्ध हुने कम्पनीको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here