टेलरिङ सेन्टरमा चोरी गरेको आरोपमा पक्राउ परे चोर

0
114

काठमाडौं – काठमाडौं महानगरपालिका-३ तिलिङ्गेटारस्थित रोयल कम्प्लेक्स सिर्जन सर्टिङ एण्ड सुटिङ टेलरिङ सेन्टरमा चोरी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-३ तिलिङ्गेटार खाँडीपाखा बस्ने बाजुरा गौमुल गाउँपालिका-२ दहकोट घर भएका २१ वर्षीय दिनेश विक रहेको बताइएको छ ।
गत सोमबार चोरी भएको घटनामा संलग्न व्यक्तिहरुको खोजी गर्ने क्रममा उनलाई तिलिङ्गेटारस्थित पर्वत गुल्मी,पोखरा एण्ड दाङ गेष्ट हाउसबाट मंगलबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ ।
विकको साथबाट नगद २५ हजार रुपैयाँ, साउदी रियाल १ दरका १ सय २६ थान, पाइन्ट १७ थान, कोट १६ थान, विभिन्न खालको सर्ट ३६ थान, जिन्सको ज्याकेट १ थान, स्टकोट ३ थान, मोवाइल १ थान, मोवाइल प्याड १ थान, सिमकार्ड ३ थान लगायत करिब २ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको धनमाल समेत बरामद भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here