टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान कायम गर्ने कुशल र दीपेन्द्रलाई रोयल ब्लूले दुई-दुई लाख दिने

0
3

काठमाडौं- चीनमा जारी १९‍औं एसियाली खेलकुदमा मङगोलियाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरी र कुशल मल्ललाई रोयल ब्लूले सम्मान गर्ने भएको छ । उनीहरूको अविश्वसनीय उपलब्धिको कदरस्वरूप दुवै जनालाई २-२ लाख रुपैयाँ पुरस्कारसहित सम्मान गरिने कम्पनीले जनाएको छ ।​

‘क्रिकेट कौसलको असाधारण प्रदर्शनमा नेपाली क्रिकेट स्टार कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले विश्व कीर्तिमानहरू तोडेका छन् । रोयल ब्लू उनीहरूको उल्लेखनीय उपलब्धिहरूलाई सम्मान गर्न पाउँदा गर्व छ’। कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।​

बुधबार मङगोलियाविरुद्धको खेलमा मल्लले उत्कृष्ट प्रदर्शन गर्दै विश्व कीर्तिमान तोड्ने शतक र ऐरीले अर्धशतक बनाएका थिए । ३४ बलमै शतह पूरा गरेर विश्व रेकर्ड कायम गरेका मल्लले समग्रमा १३७ रन बनाएका थिए । उनले ५० बलमा ८ चौका र १२ छक्का प्रहार गर्दै १३७ रन बनाएका थिए । यस्तै, ऐरीले ८ छक्कासहित १० बलमा ५२ रन बनाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here