”टिकटकमा सेट” बोलको गीत लिएर आए लोकप्रिय गायक मौसम मधुर [भिडियो सहित]

0
498

काठमाडौं – लोकप्रिय गायक मौसम मधुरको नयाँ गीत सार्वजनिक भएको छ। ”टिकटकमा सेट” बोलको उक्त गीतलाई दन्तकाली मिडियाको अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो। गीतमा मौसम मधुरको आवाज सुन्न सकिन्छ जसमा शब्द रचना बसन काफ्लेको रहेको छ भने संगीत तथा संगीत संयोजन सन्तोष प्रगाढको रहेको छ।
गीतको भिडियोलाइ अशोक खड्काले निर्देशन गरेका हुन् ,अश्रिता खड्का र सुरेश पाण्डेको कोरियोग्राफी रहेको सोहि भिडियोलाइ छायांकन भने टंक केसीले गरेका हुन्।
नुप गुरुङ,बिदिश कार्की ,अश्रिता खड्का , रिया सुन्दास ,रेश्मा माझी ,पुनम परियार र बसन काफ्लेको नृत्य रहेको भिडियोलाइ चन्द्रागिरिमा छायांकन गरिएको हो। समग्रमा गीतको अडियो भिडियो दुवै उत्कृष्ट बनेको देख्न सकिन्छ। आफुहरुले सक्दो मिहेनेत गरेकाले पहिलेका गीतहरुलाई जस्तै यस गीतलाई पनि श्रोता दर्शकले माया गरिदिनेमा आफु आसाबादी रहेको गायक मौसम मधुरले प्रतिक्रिया दिएका छन्। गीतकार / संगीतकार अनिल खनालको शब्द तथा सन्तोष प्रगाढको संगीतमा रहेको ”बनाएर मायाको भत्काएर घर” बोलको गीतबाट निकै नै चर्चा कमाएका गायक मौसम मधुरका अन्य धेरै गीतहरु लोकप्रिय छन्। मधुरले चलचित्रका गीतहरुमा समेत आफ्नो आवाज दिसकेका छन्।
हाम्रो तर्फबाट पनि गायक मौसम मधुर , उनका गीत अनि गीतसङ्ग सम्बन्धित सम्पूर्ण श्रस्टा कलाकार तथा प्राविधिकलाई सफलताको लाखौँ लाख शुभकामना।

कृपया भिडियो हेर्नका लागि तल दिएको लिंकमा क्लिक गर्नुहोला,

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here