झापामा मोटरसाइकल दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु,तीन जना गम्भीर घाइते

0
15

झापा- झापामा मोटरसाइकल दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु भएको छ। मोटरसाइकल दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन। झापाको कचनकवल–४ केचना बजारमा उक्त मोटरसाइकल दुर्घटना भएको हो। भारतीय नम्बर प्लेट बिआर३७सी ९००८ र बिआर३७इ १९९४ नंबरको मोटरसाइकल एकापसमा ठोक्किँदा भारतीय नागरिक सञ्जीव सिंहको मृत्यु भएको हो । घाइते सिंहको उपचारका क्रममा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सो दुर्घटनामा कचनकवल–४ का ३० वर्षीय प्रदीप गणेश, भारतीय नागरिक हरण गणेश र एमडी ओकिल मियाँ गम्भीर घाइते भएका छन् । मोटरसाइकलका सवार सबैले मादक पदार्थ सेवन गरेको पाइएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here