“झलकमान लोक संगीत सम्मान २०७९” लोकप्रिय गायक बद्री पंगेनि लाई

0
12

नेपाली लोक गीत संगीत र दोहोरीगीत गायनमा तिन दशक लामो योगदान दिएर समग्र लोक संगीत लाई एउटा माधुर्य उचाइ दिएका गायक बद्री पंगेनि लाई झलकमान लोक संगीत सम्मान बाट सम्मानित गरिने भयको छ ।

बिन्ध्यबासिनि म्युजिक अवार्ड को १३औं शंस्करण समारोह का बिच रु २५ हजार नगद सहित बिन्ध्यवासिनि फाउन्डेसन ले यो सम्मान गर्न लागेको हो । लाईफ टाईम अचिभमेन्ट अवार्ड,संगीत साधना सम्मान,प्रेमध्वज संगीत रत्न सम्मान र कला पत्रकारीता सम्मान का अतिरिक्त यो बर्ष बाट झलकमान लोक संगीत सम्मान को बिधा थप भयको कुरा आयोजक संस्थाले जनायको छ ।

नेपालि सुगम संगीत, शास्त्रिय संगीत, पप संगीत, चलचित्र संगीत र लोक संगीत लाई एउटै संस्थाद्वारा सम्मान गर्ने परम्परा को थालनी बिन्ध्यवासिनि म्युजिक ले गरेको छ । श्रस्ठा र श्रृजना सम्मान मा लाखौ नगद सहित सम्मान गर्ने नेपालि म्युजिक को ब्यबसायिक संस्थामा पनि बिन्ध्यवासिनि अग्रणी संस्था मानिन्छ । अग्रज लाई सम्मान र अनुजलाई प्रोत्साहन को मुल नारा सहित सुरु भयको बिन्ध्यवासीनि म्युजिक अवार्ड को १३औ शंस्करण आगामी बैशाख २२ गते सम्पन्न हुने कुरा फाउन्डेसन ले जनायको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here