ज्योती मगर सहितको दमदार प्रहार विन्ध्यवासिनी म्युजिकले ल्यायो तीज ब्याटल भेडा भर्सेज कोइली

0
590

काठमाडौं – भेडा भर्सेज कोइली यहि बोलको गीत अहिले विन्ध्यवासिनी म्युजिक प्रालिले आफैले निर्माण गरेर बजारमा ल्याएको छ। यो तीज ब्याटल हो, सोच्नुहोला तीजमा ब्याटल, यस्तो पनि हुन्छ र ? तीज गीतको बोल यस्तो कसरि रहयो ? किन रहयो ? यो कसरि हुन्छ? यो त हाम्रो मौलिक संस्कृती लाइ बिगार्ने काम भयो, यसले बिकृति ल्यायो तर अचम्म नमान्नु होला, यो त हाम्रो मौलिक संस्कृती बिगार्नेहरुमाथि प्रहार गर्दै उनीहरुलाई सबक सिकाउनको लागि र हाम्रै माटो सुहाउँदो मात्रै काम गर गीत निकाल भन्ने सन्देस दिनको लागि निकालिएको तीज ब्याटल हो। हुन् पनि पछिल्लो समयमा तीजको मर्म माथि धेरैले प्रहार गरिरहेका छन् त्यहीँ मर्ममाथि प्रहार नगर र मौलिकतालाई नबिर्स भन्ने संदेश दिनकै लागि विन्ध्यवासिनी म्युजिक प्रालिले यस गीतमा लगानी गरेको बताइएको छ। गीतमा लोकप्रिय गीतकार एबम संगीतकार करन न्यौपानेको शब्द संगीत अनि ज्योती मगर र नेत्र भण्डारीको आवाज रहेको छ भने संगीत संयोजन बिपिन आचार्यले गरेका छन्।
गीतको भिडियोलाई अशोक बिकले निर्देशन तथा कोरियोग्राफी गरेका हुन् र अभिनय यसराज, नरेश, जेम्स , निरज , ज्योती, पुजन र रबिनाले गरेका छन्। भिडियोमा अजय रेग्मीको छायांकन तथा रबिन बिकको सम्पादन रहेको छ भने रंग श्याम कुँवरले भरेका हुन्।

कृपया भिडियो हेर्नका लागि तल दिएको लिंकमा क्लिक गर्नुहोला ,

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here