जुवातास खेलिरहेको अवस्थामा पक्राउ परे १७ जना

0
70

काठमाडौं- प्रहरीले काठमाडौं र स्याङजाबाट जुवातास खेलिरहेको अवस्थामा १७ जनालाई पक्राउ गरेको छ । आइतबार साँझ काठमाडौं काठमाडौं महानगरपालिका–१० मध्य बानेश्‍वरबाट जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । स्थानीय रामकृष्ण केसीको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने रामेछाप खाँडादेवी गाउँपालिका–५ घर भएका ३६ वर्षीय हेम कार्की लगायत ६ जनालाई प्रहरीले पक्राउ गरेको हो । केसीको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त बानेश्वरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४ लाख ४८ हजार ५ सय रुपैयाँ र ६२ बुक ताससहित पक्राउ गरेको हो । त्यस्तै स्याङ्जा, वालिङ नगरपालिका ९ क्याम्पस रोड डेरा गरी बस्ने ख्यामबहादुर थापाको कोठामा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३२ वर्षीय रुकबहादुर थापा लगायत ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनको कोठामा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३५ हजार ९ सय ५० रुपैयाँ र ९ गड्डी तास सहित पक्राउ गरेको हो ।

                                                          स्रोत - रातोपाटी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here