जुम्ल्याहा बच्चा जन्माएकी कोरोना संक्रमित सुत्केरीको मृत्यु

0
104

नेपालगञ्ज – बाँकेको कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पतालमा कोरोना संक्रमित सुत्केरीको मृत्यु भएको छ।
फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार कञ्चनपुरको महेन्द्रनगर–२ ठेगानाकी २९ वर्षीया सुत्करीको उपचारका क्रममा आज (आइतबार) बिहान ४ : ३० बजे मृत्यु भएको हो।
कञ्चनपुरको धनगढीस्थित सेती अस्पतालमा उनले एक छोरा र छोरी जुम्ल्याहा जन्माएकी थिइन्। त्यस क्रममा उच्च रक्तश्राव भएपछि उनको पाठेघरको अपरेसन गरिएको थियो। रगत चढाई उपचार गर्ने क्रममा पीसीआर जाँच गर्दा उनमा कोरोना पुष्टि भएको थियो। त्यसपछि यही असोज १५ गते उनलाई नेपालगन्ज मेडिकल कलेज भर्ना गरिएको थियो।
तर उपचारकै क्रममा आज बिहान उनको मृत्यु भएको अस्पतालले जनाएको छ।
योसँगै बाँकेमा बाहिरी जिल्लाबाट आई उपचार गराएका ९ संक्रमितको मृत्यु भएको नेपालगन्ज मेडिकल कलेजले प्रेस विज्ञप्तिबाट जानकारी दिएको छ।
अहिलेसम्म दुवै बच्चाको स्वास्थ्य सामान्य रहेको चिकित्सकले जानकारी दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here