जुगल पहिरो : २२ घरका कम्तीमा ३५ जना बेपत्ता, नौ जना घाइतेको उद्धार

0
24

सिन्धपाल्चोक – सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान गएको पहिरोमा परेर कम्तिमा ३५ जना बेपत्ता भएका छन् । पहिरोले २८ घर पुरेको छ । नौ जना घाइतेको उद्धार भएको छ । चार घाइतेलाई हेलिकोप्टरमा चौतारा अस्पताल पठाइएको छ ।
गाउँको बीच भागबाट खसेको पहिरोले कति घर पुरिए भन्नेबारे अझै एकिन हुन सकेको छैन । उद्धारमा खटिएका स्थानीयका अनुसार २२ घरमा रहेका कम्तीमा ३५ मानिस पहिरोमा पुरिएका छन् ।
उद्धारका लागि प्रहरी घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कात्तिकेमा रहेको प्रहरी चौकीबाट घटनास्थल पुग्न पैदल तीन घण्टा लाग्छ ।जनप्रतिनिधि गाउँमै भएपनि पैदल हिंडेर लिदी पुग्न पूरा एकदिन लाग्छ । सभामुख अग्निप्रसाद सापकोटा पनि हेलिकोप्टरमार्फत् घटनास्थल पुग्दैछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here