जीपको लोकप्रिय मोडल कम्पासको फेसलिफ्ट आउँदो जनावरीमा

0
92

जीपको लोकप्रिय मोडल कम्पासको फेसलिफ्ट आउँदो ७ जनावरीमा भारतमा सार्वजनिक हुने भएको छ। जीपले २०२१ मोडेल कम्पासलाई व्यापक अपडेट र परिमार्जन सहित केही समय अघि सार्वजनिक गरेको थियो। नयाँ कम्पासको एक्सटेरियरमा परिवर्तन गरिएको छ भने इन्टेरियरको फिचरको पनि थपिएको छ। यसमा हेडल्याम्पको डिजाइन रिभाइज गरी इन्टिग्रेटेड एलईडी डीआरएल लगाइएको छ।जीपको सिग्नेचर ग्रिलको सेभेन स्लटमा हनिकम्बको प्याटर्न दिइनेछ। फ्रन्ट बम्पर नयाँ डिजाइनको हुनेछ र स्किड प्लेट तथा फगल्याम्पको हाउजिङ डिजाइन पनि परिवर्तित हुने कम्पनीको भनाइ छ । त्यसैगरी, यसको रियर डिजाइनमा पनि धेरै परिवर्तन हुने कम्पनीले जनाएको छ।

कम्पास २०२१ फेसलिफ्ट मोडेल केही महिनाअघि चीनको ग्वान्जाउमा सार्वजनिक भएको अन्तर्राष्ट्रिय मोटर सोमा भनिएको थियो। यो भर्सनको इन्टेरियरमा धेरै परिमार्जन देखिएको थियो। नयाँ ड्यास बोर्डमा फ्लटिङ डिजाइन सहितको १० इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम हुनेछ। टचस्क्रिनमा एप्पल कारप्ले र एन्ड्रोइड अटो सपोर्ट गर्ने एफसीएको कनेक्ट ५ सफ्टवेयर भएको पछिल्लो पुस्ताको युजर इन्टरफेस हुनेछ।
साथै, एसी भेन्ट र एचभीएकसी कन्ट्रोललाई परिमार्जन गरिएको छ। क्याबिन एक्सपिरियन्सलाई प्रिमियम बनाउन इन्टेरियरमा डुअल टोन टच दिइएको छ । पानोरामिक सनरुफ हाइस्पेक मोडेलमा उपलब्ध हुनेछ।

नयाँ कम्पास बीएस ६ कम्प्लायन्ट पेट्रोल र डिजेल इन्जिनमा हुनेछ। २‍।० लिटरको टर्बो डिजेल इन्जिनले १७३ एचपीपावर र ३५० एनएम टर्क उत्पन्न गर्नेछ भने १।४ लिटरको टर्बो पेट्रोलले १६३ एचपीपावर र २५० एनएम टर्क जेनेरेट गर्नेछ।यसको स्ट्यान्डार्ड मोडेलमा ६ स्पिड म्यानुअल ट्रान्समिसन हुनेछ। पेट्रोल मोटरले ७ स्पिड डुअल क्लच अटोमेटिक हुनेछ भने डिजेल मोटरमा ९ स्पिड अटोमेटिकको विकल्प समेत हुनेछ।

कम्पास फेसलिफ्टको प्रतिस्पर्धा हुन्डाई टुसान, स्कोडा कारो र टाटा ह्यारियर तथा एमजी हेक्टरको हायर स्पेक मोडलहरुसँग हुनेछ । नेपालमा नयाँ कम्पास फेसलिफ्ट जनवरीको अन्त्यसम्ममा आइपुग्ने अनुमान छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here