जिल्ला सभापतिहरु द्वारा कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना

0
11

काठमाडौं- क्रियाशील सदस्यहरूको नामावली सार्वजनिक माग गर्दै कांग्रेस केन्द्रीय कार्यालयमा जिल्ला सभापतिहरूले धर्ना दिएका छन् । मंगलबार बिहानैदेखि पार्टी कार्यलयमा पुगेर उनीहरुले नामावाली सार्वजनिक गर्न माग गर्दै धर्ना दिएका हुन् । सोमबार राति पार्टी सभापति शेरबहादुर देउवालाई वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाले क्रियाशील सदस्य छानबिन समितिको प्रतिवेदन बुझाएका थिए । जिल्ला सभापतिहरुले पटक पटक पार्टी नेतृत्वलाई नामावली सार्वजनिक गर्न माग गरे पनि वेवस्ता गरेको भन्दै आफूहरु बाध्य भएर धर्नामा बस्‍नु परेको जनाएका छन् । सदस्यताका विषयमा देखिएको विवाद मिलेपछि प्राविधिक तयारी पूरा गरी कांग्रेसले अन्तिम नामावली सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here