जिल्ला अदालत कैलालीद्वारा प्रहरीको हत्यामा संलग्न नौ जनालाई जन्मकैदको फैसला

0
5

धनगढी – जिल्ला अदालत कैलालीले ड्युटीमा रहेका प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्या गरेको पुष्टि गर्दै नौ जनालाई जन्मकैदको फैसला सुनाएको छ। १ कात्तिक २०७७ मा धनगढी उप–महानगरपालिका–११ जुगेडास्थित अस्थाइ प्रहरी पोष्टमा कार्यरत प्रहरी निरीक्षक बिक र जवान साउदको मोहनाघाटमा हत्या भएको थियो । हत्या आरोपमा प्रहरीले ४ कात्तिकमा सात जना र त्यसपछि थप तीन जना गरी १० जनालाई पक्राउ गरेको थियो। पक्राउ परेकामध्ये केराउ व्यापारी तथा घटनाका मुख्य डिजाइनर भनिएका राजीव गुप्ता यसअघि धरौटीमा छुटेका थिए । उनले भने मंगलबार सफाइ पाएका छन् । पक्राउ परेर पुर्पक्षका लागि थुनामा रहेका अन्य नौ जनालाई अदालतले दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको हो । मंगलबारको पेशीमा जिल्ला न्यायाधीश जयानन्द पनेरुको इजलासले नौ जनालाई जन्मकैदको फैसला सुनाएको हो। जन्मकैद सजाय पाउनेमा धनगढी उपमहानगरपालिका–१० का २३ वर्षीय पर्कु भनिने रोहित राना, अर्का रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भनिने सुरेश राना, २५ वर्षीय गब्बर भनिने राजकुमार राना, २२ बर्षीय रामनिवास राना, २९ वर्षीय टल्लु भनिने दलराम राना, धनगढी–११ का २५ वर्षीय गोपाल भनिने रामगोपाल राना रहेका छन् । १ कात्तिक ०७७ मा भारतबाट अवैध रुपमा केराउ नेपालतर्फ ल्याउने क्रममा नेपाल–भारत सीमाक्षेत्र मोहनाघाटमा प्रहरीले रोक्न खोजेपछि हत्या गरिएको पक्राउ परेका नौ जनाले स्वीकार गरिसकेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here