जिल्ला अदालतको फैसलाविरुद्ध उच्चमा पुनरावेदन दिने पल शाहको तयारि

0
5

काठमाडौं- अभिनेता पल (पूर्णविक्रम) शाहले उच्च अदालत पोखरामा पुनरावेदन गर्ने भएका छन् । नाबालिकामाथि बलात्कारको मुद्दामा मंगलबार नवलपुर जिल्ला अदालतले शाहलाई सफाई दिएपनि २ वर्ष ६ महिना कैद सजाय एबम २५ हजार जरिवाना र १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको थियो । यसैबीच अदालतको पूर्णपाठ आउनै वित्तिकै पुनरावलोकन निवेदन दिने तयारीमा आफूहरु रहेको पलका वकिल कमलामोहन वाग्लेले जनाएका छन्। ‘फैसलाको पूर्णपाठ आउने वित्तिकै हामी उच्च अदालतमा जान्छौं । पुनरावेदन दिने तयारी अवस्थामा छौं,’ वाग्लेले भने । यसैबीच, तनहुँ जिल्लामा अदालतमा चलिरहेको पलविरुद्धको यस्तै प्रकृतिको अर्को मुद्दाको पेशी आगामी असोज २ गतेलाई तोकिएको बताइएको छ। (समाचार श्रोत- अनलाइन खबर डट कम)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here