जिप दुर्घटना हुँदा बैतडीमा दुई जनाको मृत्यु १० जना घाइते

0
14

काठमाडौं – आइतबार बैतडीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । डडेल्धुरातर्फ आउँदै गरेको से १ ज ७३९ नम्बरको जिप सिगास गाउँपालिका वडा नम्बर ३ मा सडकबाट ५० मिटर तल खसेर दुर्घटना हुँदा ६४ वर्षीय रामसिंह धामी र ४५ वर्षीय मानसिंह साउदको मृत्यु भएको हो । सिगास–३ का ४५ वर्षीय जयसिंह धामी, १८ वर्षीय योगेन्द्र धामी, १३ वर्षीय लक्ष्मण धामी, ४० वर्षीय गौमती साउद र २९ वर्षीय करन धामी घाइते छन् । यस्तै सोही ठाउँका ४५ वर्षीय दलबीर साउद, ४० वर्षीय चक्र धामी, ३८ वर्षीया बासमती धामी, १९ वर्षीय खगेन्द्र साउद, ४४ वर्षीय हरीभान साउद पनि घाइते छन् । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालकले घाइतेमध्ये ४ जनाका अवस्था चिन्ताजनक रहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here