जिप दुर्घटनामा एक जनाको मृत्यु दुई जना घाइते

0
3

ढोरपाटन- बागलुङको काठेखोला गाउँपालिका-३ धम्जाको रामचालुमा शनिबार राति जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन् । जिल्ला सदरमुकाम बागलुङ बजारबाट धम्जातर्फ जाँदै गरेको ध१ज ७१९० नम्बरको जिप दुर्घटना हुँदा धम्जाका १८ वर्षीय विजय विकको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार विकको घटनास्थलमै मृत्यु भएको हो। घाइते दुई जनालाई उपचारका लागि बागलुङ सदरमुकाम ल्याइएको सूचना अधिकारी केसीले जानकारी दिए । जिप करिब सडकबाट ५० मिटर तल खसेको बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here