जिप दुर्घटनाका घाइतेको उद्धार गर्न मन्त्री किरातीले पठाए विमान

0
5

काठमाडौं – नेपाल वायु सेवा निगमले हुम्लामा भएको जिप दुर्घटनाका घाइतेलाई लिन काठमाडौंबाट जहाज पठाएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले सामाजिक सञ्जालमार्फत घाइते ९ जनाको उद्धार गर्न सोमबार बिहान नेपाल वायुसेवा निगमको जहाज हुम्ला पठाइएको जानकारी दिएका हुन् । ‘हिजो हुम्लामा भएको दुःखद जिप दुर्घटनाबाट घाइते भएका नौ जनालाई उद्धार गर्न वायुसेवा निगमको जहाज हुम्ला पठाइएको छ। बिरामीहरुको शिघ्र स्वास्थ्य लाभको कामना,’ उनले भनेका छन्, ‘अन्य क्षेत्रमा उडान प्रभावित हुन गइ असुविधा पर्न गएमा क्षमाप्रार्थी छौँ। मानवीयताको नाताले माफी दिनु हुन्छ भन्ने पूर्ण विश्वास छ।’

दुर्घटनाका गम्भीर घाइते ३ जनालाई आइतबार साँझै हलिकोप्टरमार्फत् सुर्खेत पठाइएको छ । हाल ६ जना घाइतेको सिमकोटमै उपचार भइरहेको छ । ती घाइतेको अवस्था भने सामान्य रहेको प्रहरीले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here