जापानमा कार्यरत एक नेपालीको हृदयघातबाट निधन

0
11

जापान- जापानमा कुक पेशामा कार्यरत एक नेपालीको मृत्यु भएको छ । बागलुङको गलकोट नगरपालिका वडा नम्बर ७ का ४३ वर्षीय पदमबहादुर चोखालको हृदयघातका कारण निधन भएको हो । विगत १४ वर्षदेखि जापानमा कार्यरत चोखाल मंगलबार आफ्नो आफ्नो नियमित कामबाट घर फर्केर श्रीमतीसँगै खाना खाएर सुतेकामा बिहान मृत अवस्थामा भेटिएको पारिवारिक स्रोतले जनाएको छ । जापानको सिनगावा नजिकै श्रीमतीसँगै बस्दै आएका चोखालको नेपालमा एक छोरीसमेत रहेकी छन् । स्वर्गीय चोखालको मार्च ११ जापानमै अन्तिम संस्कार गरिने एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष नविन निउरेले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here