जाजरकोटमा पहिरो १२ जना वेपत्ता

0
14

जाजरकोट- जाजरकोटको बारेकोट गाउँपालिका वडा नं. ४ मा पहिरोले दुई घर बगाउँदा १२ जना वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
स्थानीय गोपाल सार्कीको घर बगाउँदा उनी सहित उनकी श्रीमती पुष्षा, छोरी लक्ष्मी, छोरा अर्जुन बेपत्ता भएका हन् । छिमेकी कालु सार्कीको घर बगाउँदा उनी सहित छोरीहरु तिर्खा, कमला र छोरा सुभास वेपत्ता भएका छन् ।
साथै उनको घरमा पाहुना आएका कुशे गाउँपालिका ९ चौतारा जारकोटका डिल्ली सार्की, गौरी सार्की, कविता सार्की र बीरेन्द्र सार्की वेपता भएको बताइएको छ।
प्रहरी र स्थानियको सक्रियतामा उद्धारको काम भैरहेको भएपनि कठिन भु–बनोट र निरन्तरको झरीका कारण समस्या भैरहेको प्रहरीले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here