जब यात्रुले खचाखच भरिएको एउटा पानीजहाजका क्याप्टेनले अचानक पानीमा हामफाले

0
147

म्यानमार – म्यानमारको डाला पोर्टमा खचाखच यात्रुले भरिएको एउटा पानीजहाजका क्याप्टेन अचानक पानीमा हामफालेको घटना अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा छाएको छ । समाचार एजेन्सीहरुका अनुसार केहि महिना अघि उनी याङ्गुन नदीमा डुब्न लागेकी महिलालाई बचाउनका लागि पानीजहाजबाट हामफालेका हुन् । ६० वर्षीय क्याप्टेन यु मेइन्ट एइले जहाजबाट ४० फिट तल नदीमा हामफालेर ती महिलालाई बचाएका थिए । ‘हाम्रो जहाज डाला पोर्टबाट प्रस्थान गरिरहेको थियो,’ क्याप्टेन एइले भने, ‘एक महिला अचानक जहाजबाट पानीमा खसिन्, महिला खसेकै ठाउँमा अर्को जहाज आउँदै थियो, उनलाई तत्काल उद्धार नगरिएको भए अर्को जहाजको चपेटामा उनी आउने थिइन्, अनि म हामफालेँ ।’
क्याप्टेन एइ विगत ४० वर्षदेखि जहाजमा काम गर्दै आएका छन् । ‘यतिका वर्ष मैले यति धेरै मानिसलाई यसरी बचाइसकेको छु कि उनीहरुको संख्या पनि मलाई याद छैन,’ उनले भने, ‘अब म बुढो भइसकेँ, म मरेँ भने पनि फरक पर्दैन, म हुँदाहुँदै कुनै युवा डुबेर मर्नु भएन, त्यही सोचेर म जहाजबाट हामफालेको थिएँ ।’ उनले ३४ वर्षीया महिला किन चान म्यालाई सकुशल उद्धार गरेका हुन् । क्याप्टेन एइलाई जहाजका अन्य क्रु र यात्रीले समेत महिलाको उद्धारमा सहयोग गरेका थिए । उद्धारपछि ती महिलालाई स्थानीय अस्पताल लगिएको थियो । उनको अवस्थामा सामान्य रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here