जनगणनामा छुटेकाहरूले ११७८ मा फोन गरेर विवरण टिपाउन सक्ने व्यवस्था

0
5

काठमाडौं – केन्द्रीय तथ्याङ्क विभागले १२ औँ राष्ट्रिय जनगणना अवधिमा छुटेकाहरूलाई टोलफ्री नम्बरमा सम्पर्क गरेर सहभागी हुने व्यवस्था मिलाएको छ । विभागले ९ गते भित्र आ आफ्नो स्थानमा भएका तर गणना हुन छुटेका नागरिकलाई ११७८ मा फोन गरेर जानकारी गराउन आग्रह गरेको हो । विभागले नागरिकको सुचनाका आधारमा घरसम्म गणकहरू पठाएर गणना गर्ने व्यवस्था मिलाएको पनि जनाएको छ । विभागका निर्देशक ढुण्डीराज लामिछानेले ९ गते पछाडी जन्मिएका र यथास्थानमा नभएकाहरूलाई भने समावेश नगर्ने बताउनुभयो । सरकारले कात्तिक २५ देखि मङ्सीर ५ गतेसम्म १५ दिन गणकहरू घर–घरमा पठाएर तथ्याङ्क सङ्कलन गरेको थियो । छुटेकाहरूको लागि नाम सङ्कलन गर्न अझै केही दिन समय दिने उहाँको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here