जंगली च्याउ खाँदा एकै परिवारका दाजु–भाइको मृत्यु

0
22

प्युठान – जंगली च्याउ खाँदा प्युठानमा एकै परिवारका दाजुभाइको मृत्यु भएको छ। साउन ३१ गते जंगली च्याउको तरकारी बनाएर खाएपछि विरामी भएका दुई दाजु–भाइको उपचार नपाएर घरमै मृत्यु भएको स्थानीयले बताएका छन् । जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार मृत्यु हुनेमा नौबहिनी गाउँपालिका–६ बहानेका १५ वर्षीय सुरेश घर्ती र १३ वर्षीय सुगम घर्ती रहेका छन्। यस्तै च्याउ खाँदा सोहि परिवारकै ३५ वर्षीय विष्णु घर्ती, ३४ वर्षीया लीला घर्ती र १६ वर्षीय शशी घर्ती बिरामी परेका छन् । उनीहरुको जिल्ला अस्पताल प्युठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार उनीहरुको मृत्युबारे थप अनुसन्धान भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here