छठको मुख्य दिन आज सूर्यको आराधना गर्दै देशका विभिन्न स्थानमा मनाइँदै

0
124
k|l;4 3l8cjf{ kf]v/L k;f{, $ dªl;/ M 57 kj{sf nflu laxLaf/ /Ëlj/ËL ljh'nL aQLn] l;ªufl/Psf] jL/uGhsf] k|l;4 3l8cjf{ kf]v/L kl/;/ . sf]/f]gf ;+qmd0fsf sf/0f kf]v/L kl/;/df k+8fn tyf cGo ;fh;Hhfdf :yfgLo k|zf;gn] /f]s nufPkl5 cGo jif{ ;/x o; jif{ ;hfj6 gul/Psf] 57 k"hf Joj:yfkg ;ldlt 3l8cjf{ kf]v/Lsf cWoIf k|]d ;fx sfg'n] hfgsf/L lbg'eof] . 57 kj{sf nflu 3l8cjf{ kf]v/Ldf ul/g] ;fh;Hhf x]g{ l5d]sL lhNnf tyf l;dfjtL ef/tLo ;x/af6 xhf/f}+sf] ;+Vofdf cfpg] u/]sf 5g . t:jL/ M ljho s'df/ dxtf], /f;;

काठमाडौं – छठको मुख्य दिन आज सूर्यको आराधना गर्दै देशका विभिन्न स्थानमा यो पर्व मनाइँदै छ । बुधबार सुरु भएको यो चारदिने पर्व आज साँझपख अस्ताउँदो र भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि समापन हुन्छ । काठमाडौं उपत्यकासहित मिथिलाञ्चल क्षेत्रमा छठ पर्वको विशेष रौनक छ ।
छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइन्छ । छठका व्रतालुले कात्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आरधना गरिएको थियो । उक्त समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।
सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुवात भएको विश्वास गरिन्छ ।
संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । तिनको शक्तिबिना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्य किरणको चिकित्सामाथि कैयौं चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ । सूर्यको किरणबाट कैयौं असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको छ ।
साम्ब पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षी दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आरधनाको फलस्वरूप रोगमुक्त हुन गएको भन्ने चर्चा छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फल चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ ।
यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्कोबाट व्रत गराउने गर्छन् । आर्थिक अभाव भएका मानिस भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन् । ०४६ अघि तराईका सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रियस्वरुप ग्रहण गरेको छ ।
छठ पर्वका लागि राजधानीको गुह्येश्वरी, गहनापोखरी, कमलपोखरीलगायत वाग्मती, बल्खु, नख्खु र विष्णुमतीलगायत नदी किनारमा सजावट गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here