चोरेको ‘वाकीटकी’ बोकेर ‘प्रहरी हुँ’ भन्दै धम्क्याउँदै हिँडेपछि पक्राउ परे श्रेष्ठ

0
14

काठमाडौं- काठमाडौंको रत्नपार्कबाट चोरेको ‘वाकीटकी’ बोकेर रत्नपार्कमा ‘प्रहरी हुँ’ भन्दै धम्क्याउँदै हिँड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
अपराधिक व्यक्तिहरुको सूचना सङ्कलन गरी निगरानी राख्ने क्रममा सिन्धुपाल्चोकका कुमार श्रेष्ठलाई महानगरीय अपराध महाशाखाले पुस ८ गते पक्राउ गरेको हो ।
यस्तै महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाका अनुसार श्रेष्ठलाई पक्राउ गरी खानतलासी गर्न खोज्दा प्रहरीलाई नै दुव्र्यवहार गरी उनी भाग्न खोजेका थिए ।
सिन्धुपाल्चोक घर भएका ३० वर्षीय श्रेष्ठको साथबाट प्रहरीले एक थान ह्याण्डसेट (वाकीटकी) बरामद गरेको थापाले बताएका छन्।
अनुसन्धानका क्रममा उनले दुई महिनाअघि नेपाल राजधानी सेक्युरिटी गार्ड जावलाखेलमा सुरक्षा गार्ड भएका बेला प्रयोग गरेको सेट लिएर भागेको खुल्न आएको छ ।
पछिल्लो समय श्रेष्ठ काठमाडौं रत्नपार्क सडकमा चिया पसल गर्दै आएका थिए । श्रेष्ठले पूर्वमाओवादी जनमुक्ति सेनामा सात वर्ष काम गरेको प्रहरी अनुसन्धानमा खुल्न आएको छ ।
चितवनस्थित आईसीसीएल हाइड्रो पावर स्टोरमा चार वर्ष सेक्युरिटी गार्डमा काम गरेका श्रेष्ठले उक्त वाकीटकी सेट त्यहीँबाट ल्याएको प्रहरीसमक्ष बयान दिएका छन् ।
उनलाई अभद्र व्यवहार कसुरअन्तर्गत थप अनुसन्धानका लागि बुधबार महानगरीय प्रहरी परिसर काठमाडौँमा बुझाइएको महाशाखाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here