चोरी भयो सुनको ट्वाईलेट ६६ बर्षिय बृद्ध पक्राउ

0
404

अक्सफोर्डशायरको ब्लेनहेम प्यालेसबाट १८ क्यारेट सुनबाट बनेको ट्वाईलेट चोरी भएको थियो ।थेम्स भ्याली पुलिसका अनुसार एउटा समूह अक्सफोर्डशायरस्थित उक्त प्यालेसभित्र प्रवेश गरेर उक्त कलाकृति चोरेका हुन् ।
सुनको यो ट्वाईलेट इटलीका एक कलाकार मौरिजियो केटलेनको रचना थियो र उक्त सुनको ट्वाइलेट बिहिबारको एउटा प्रदर्शनीमा मुख्य आकर्षणको रुपमा रहेको थियो । यो ट्वाईलेट प्रयोगमा पनि थियो र दर्शकलाई यसको प्रयोगका लागि समेत बोलाइएको थियो । अहिलेसम्म यो ट्वाईलेट भेटिएको छैन तर ६६ वर्षे एक व्यक्तिलाई चोरीको आशंकामा पक्राउ गरिएको छ ।
पुलिसका अनुसार यो चोरीका कारण भवनमा पनि क्षती पुगेको छ किनभने ट्वाईलेट उखेलिपछि त्यहाँ पानी भरिएको छ ।
१८ औं शताब्दिको ब्लेनहेम प्यालेसमा बेलायती प्रधानमन्त्री सर विन्स्टन चर्चिलको जन्म भएको थियो ।
ड्युक अफ मोलबोराका सौतेनी भाइ एडवर्ड स्पेन्सर चर्चिलले पछिल्लो महिना उनी कलाकृतिको सुरक्षाको विषयमा निश्चिन्त भएको र यहाँबाट केही पनि चोर्न सजिलो नभएको बताएका थिए ।
यहाँ आउने व्यक्तिलाई राजगद्दीको प्रयोगमा पनि अनुमती थियो तर तीन मिनेटका लागि मात्रै ।
डिटेक्टिव इन्सपेक्टर जेस मिलनले भने, ‘जुन कलाकृति चोरियो त्यो निकै मूल्यवान् छ । त्यो सुनले बनाइएको थियो र प्रदर्शनीका लागि राखिएको थियो ।
लाग्छ कि चोरले दुईवटा गाडी प्रयोग गरेको हुनसक्छ । कलाकृति अहिलेसम्म भेटिएको छैन तर हामी अनुसन्धान गरिरहेका छौं,’ उनले भने ।
ब्लेनहेम प्यालेसको तर्फबाट एउटा ट्वीटमा प्यालेस आइतबार मात्रै खोलिने जानकारी दिएको छ ।
सन् २०१७ मा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई यो सुनको ट्वाईलेट दिने प्रस्ताव गरिएको थियो ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here