चोरी भयो बाघ गणनाका लागि वनमा राखिएको क्यामेरा

0
8

काठमाडौं- रौतहटमा बाघ गणनाका लागि वनमा राखिएको क्यामेरा चोरी भएको छ । वनमा बाघको संख्या बढदै गएपछि राष्ट्रिय प्रकृति संरक्षण कोष र नेपाल निकुञ्ज विभागले बाघ गणनाका लागि सिसी क्यामेरा जडान गरेको थियो । जिल्लाको पौराइ क्षेत्रमा राखिएको २ वटा सिसी क्यामेरा चोरी भएको हो । बाघ पानी खान आउने क्षेत्र बागमती नदी छेउमा राखिएको २ वटा क्यामेरा हराएको वन्यजन्तु प्राविधिक टिकाराम थारुले जानकारी दिए । बाघको बासस्थान भएका सम्भावित स्थानहरुमा १२२ थान सिसी क्यामेरा जडान गरिएकोमा २ वटा चोरी भएको थारुले जानकारी दिए । जिल्लाका अन्य स्थानमा रहेका क्यामेराहरूको निरीक्षण भैरहेको उनले बताए । गत वर्षको गणनामा ४ वटा बयस्क पाटे बाघ क्यामेरामा कैद भएको डिभिजन वन कार्यालय रौतहटका प्रमुख अमरदेव यादवले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here