चोभारमा सुमोको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु

0
15

काठमाडौँ – चोभारमा टाटा सुमोले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा समिर गिरी र अर्का एकजना नाम थर नखुलेका व्यक्ति छन् । महानगरीय प्रहरी परिसर, टेकुका अनुसार ना १ ज ६३५४ नम्बरको टाटा सुमोले विपरित दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो । लगत्तै प्रहरीले उद्दार गरेर दुई गम्भीर घाइतेलाई बयोधा अस्पताल पुर्‍याएको थियो । तर चिकित्सकहरुले दुवैलाई मृत घोषित गरेको प्रहरीले जनाएको छ । मोटरसाइकल चोभारबाट बल्खुतर्फ आउँदै थियो । थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here