चेक बाउन्स मुद्धामा पक्राउ परे कांग्रेस क्षेत्रीय सभापति

0
7

काठमाडौं- चेक बाउन्सको मुद्दामा नेपाली कांग्रेसका क्षेत्रीय सभापति उद्धवबहादुर खड्का पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर भक्तपुरले नेपाली कांग्रेस काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९२० का सभापति उद्धवबहादुर खड्कालाई बिहीबार साँझ पक्राउ गरेको हो । भक्तपुर प्रहरीका अनुसार पुरुषोत्तम पाण्डेले दिएको चेक बाउन्सको उजुरीका आधारमा खड्कालाई गोठाटारवाट पक्राउ गरिएको हो । सभापति खडकाले पाण्डेलाई तिर्नुपर्ने ३४ लाख ५० हजार रकम नतिरी उल्टै धाक धम्की दिई हिँडेको भन्दै प्रहरीमा उजुरी परे पछि बिहिवार साँझ उनलाई उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका खडका माथी अनुसन्धान जारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here