चुनाव सकिएको अवसरमा जलपान कार्यक्रम गर्दै निर्वाचन आयोग

0
3

काठमाडौं- निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनाव सफलतापूर्वक सम्पन्न भएको अवसरमा आउँदो पुस ४ गते जलपान कार्यक्रमको आयोजना गर्ने भएको छ । काठमाडौं स्थित आयोगको प्राङ्गणमा दिउँसो साढे १ बजेका लागि जलपान कार्यक्रम आयोजना गरिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । जलपान कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित अतिविशिष्ट पदाधिकारी, मन्त्री, पूर्वप्रधानमन्त्री, राजनीतिक दलका नेता, सुरक्षा अङ्गका प्रमुख, कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि लगायतलाई आमन्त्रण गरिएको उहाँको भनाइ छ । यस वर्ष तीन तहका चुनाव सम्पन्न भएका छन्। गएको वैशाखमा पालिका चुनाव तथा यही मङ्सिरमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनाव सम्पन्न भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here