चिसो अत्याधिक बढेपछि दुईदिन विद्यालय बन्द गर्ने धनगढी उपमहानगरपालिकाको निर्णय

0
549

चिसो अत्याधिक बढेपछि कैलाली स्थित धनगढी उपमहानगरपालिकाले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
बिहीबार बिहान शिक्षा सरोकारवालाहरु सँग बसेको बैठक पछि उपमहानगरपालिकाले वर्षे र हिउँदे बिदाबाट मिलान हुने गरी बिहीबार र शुक्रबार दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले बताएका छन् ।
केहीदिन देखि मौसममा आएको खराबीका कारण चिसो बढ्न जाँदा विद्यालय नियमित सञ्चालन गर्न कठिनाइ भएपछि उपमहानगरपालिकाभित्र रहेका सामुदायिक र संस्थागत विद्यालय बन्द गर्ने निर्णयमा पुगेको समेत उनले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here