चितवनमा निषेधाज्ञा

0
250
The supporters of TV host Rabi Lamichhane stage demonstration at Chaubiskothi Chowk, in Chitwan, on Monday, August 19, 2019. Photo: Tilak Ram Rimal/THT

जिल्ला प्रशासन कार्यालय चितवनले जिल्ला अदालत आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीन जनाविरुद्ध आत्महत्या दुरुत्साहको मुद्दा दर्ता भएको छ । सोमबार बयान तथा थुनछेक बहस हुनेछ तर, लामिछाने निर्दोष भएको भन्दै चितवनमा लगातार प्रदर्शन हुँदै आएको छ । आइतबार लामिछानेलाई अदालतबाट जिल्ला प्रहरी कार्यालयको हिरासतमा लैजाने क्रममा प्रदर्शनकारीले प्रहरीमाथि बोतल हानेका थिए । त्यसक्रममा केही तनावको स्थिति उत्पन्न भएको थियो ।

जिल्ला प्रशासन कार्यालय चितवनले आइतबार साँझ नै निषेधाज्ञा जारी गरेको छ । जसअनुसारसोमबार विहान ६ बजेबाट अर्को सूचना जारी नभएसम्म हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले ५ जनाभन्दा बढी एकै ठाउँमा भेला हुन पाइने छैन । निषेधाज्ञा लागू हुने चार किल्ला समेत तोकिएको छ ।

  • पूर्वतर्फ बाइपास सडकतर्फ आन्तरिक राजश्व कायर्मलयको चोकदेखि घरेलु कार्यालयको चोकसम्म l
  • पश्चिमतर्फ लोकमार्गको सप्तगण्डकी अस्पताल चोकदेखि चौबिसकोठी चोकसम्म l
  • उत्तरतर्फ बाइपास सडकको अन्तरिक राजश्व कार्यालय चोकदेखि भरतपुर अस्पताल, पुरानो मेडिकल कलेजज जाने चोक, नारायणी मावि, कृषि ज्ञान केन्द्र हुँदै पूर्वपश्चिम लोकमार्गको चौबिसकोठी चोकसम्म l
  • दक्षिणतर्फ बाइवपास सडकतर्फ घरेलु कार्यालयको चोकदेखि दूरसञ्चार चोक हुँदै पूर्व पश्चिम लोकमार्गतर्फ सप्तगण्डकी अस्पताल चोकसम्म l

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को ३ क अनुसार यो आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताएका छन् । यसको उल्लंघन गर्नेलाई प्रजिअले ५०० सम्म जरिवाना वा एक महिनासम्म कैद वा दुबै सजाय तोक्न सक्ने ऐनमा व्यवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here