चितवनको टाइगरल्याण्ड रिसोर्टमा भिषण आगलागी

0
8

चितवन – चितवनको भरतपुर महानगरपालिका-२३ जगतपुरमा रहेको टाइगरल्याण्ड सफारी रिसोर्टमा भीषण आगलागी भएको छ । बिहान साढे ११ बजेदेखि रिसोर्टमा आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रिसोर्टका ३ वटा सेमिनार हलमा आगो लागेको छ । आगोले हलका फुसको छानो जलेर नस्ट भएका छन् । अहिले भित्रका फर्निचर र अन्य सामाग्रीमा आगो लागेको छ । आगो निभाउन भरतपुर महानगरपालिकाका २ दमकल पुगेका छन् । इलाका प्रहरी कार्यालय गीतानगरको टोलीले दमकल र स्थानीय वासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको चितवनका प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here