चालु आर्थिक वर्षका लागि अर्थमन्त्री शर्माले गरे १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट पेस

0
12

काठमाडौँ – चालु आर्थिक वर्षका लागि अर्थमन्त्री जनार्दन शर्माले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट पेस गरेका छन् । अध्यादेश बजेट ०७८ लाई प्रतिस्थापन गर्ने विधेयक प्रस्तुत गर्दै मन्त्री शर्माले सरकारका नीति तथा कार्यक्रम कार्यान्वयनका लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट विनियोजन गरेका हुन् । यस्तै अर्थमन्त्री शर्माले आन्तरिक ऋण ३७ अर्ब घटाइएको र चालु तर्फको खर्च १० प्रतिशत कटौती गरिएको समेत बताएका छन् । शर्माले कोभिड १९ का प्रभावित नागरिकको जीवन रक्षा र शिथिल भएको अर्थतन्त्रको पुनरुत्थानका लागि बजेट अभाव हुन नदिने बताए । उनले यो विषय सरकारको उच्च प्राथमिकतामा रहेको समेत बताए । अहिलेसम्म ५७ लाख ३० हजारले पहिलो मात्रा र ५१ लाखले दुवै मात्रा प्राप्त गरिसकेका छन् । उनले अब करिब तीन करोडमात्रा खोप प्राप्त हुने क्रममा रहेको बताए । ‘कोभिड–१९ नियन्त्रणमा स्रोतको अभाव हुन नदिन सरकार प्रतिबद्ध रहेको र त्यसका लागि वैदेशिक स्रोतको समेत व्यवस्था गरिएको अर्थमन्त्री शर्माले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here