चलचित्र निर्देशक एबम स्क्रिप्ट राइटर छेतन गुरुङको निधन

0
148

चलचित्र निर्देशक एबम स्क्रिप्ट राइटर छेतन गुरुङको निधन भएको छ । मंगलवार साँझ काठमाडौंको मेट्रो अस्पतालमा उनको ४२ वर्षको उमेरमा निधन भएको बताइएको छ। लिभरमा समस्या देखिएपछि दुई दिन अगाडि उनलाई अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको उनको उपचारको क्रममा निधन भएको हो ।
‘नोभेम्बर रेन, क्लासिक, ए मेरो हजुर ३’ जस्ता फिल्मको स्क्रिप्ट लेखिसकेका छेतन गुरुङ फिल्म ‘डम्बरुको डण्डीवियो’ बाट निर्देशन यात्रा सुरु गरेका हुन्। उनी निर्देशित नयाँ फिल्म ‘प्रेमगीत ३’ प्रदर्शनमा आउन बाँकी छ । लकडाउनमा कारण यो फिल्म प्रदर्शनमा आउन नसकेपछि उनी केही महिनायता फिल्म ‘हुतुतु’ को निर्देशन गर्ने तयारीमा थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here