चर्चित गीतकार बिष्णुमुर्ति भट्टराइले सार्वजनिक गरे ‘सलाई’/सलाइको चौतर्फी चर्चा (भिडियो सहित)

0
146

काठमाडौं- गीतकार बिष्णुमुर्ती भट्टराइले आफ्नो नयाँ गीत ‘सलाई’ सार्वजनिक गरेका छन् । चर्चित संगीतकार श्रीधर अधिकारीको संगीत रहेको उक्त गीतमा गायक कृष्ण मुर्ती भट्टराईको सुमधुर आवाज रहेको छ। पेशाले चिकित्सक समेत रहेका भट्टराइ गीत संगीतको क्षेत्रमा पनि गीतकारको रुपमा उत्तिकै चर्चामा रहेका ब्याक्ति हुन् । गीतकार भट्टराइले आफ्नो रचनामा दर्जनौ लोकप्रिय गीतहरु बजारमा ल्याइसकेका छन।
दुई प्रेमी बिचको दर्दनाक कहानी बोकेको ‘सलाई’को म्युजिक भिडियोमा स्वयम गीतकार भट्टराई, रोश्नी कार्की र श्रीधर अधिकारीको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशक बिशाल घिमिरेले निर्देशन गरेका हुन्। चर्चित छायाँकार करन चैसिरले छायांकन गरेको उक्त भिडियोलाई अतृत चापागाईले सम्पादन गरेका छन्। गीतकार भट्टराइले आफ्नै अफिसियल युट्युव च्यानल(Dr Bishnu Murti Bhattarai ) मार्फत गीत सार्वजनिक गरेका हुन्। सलाई गितको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here