चर्चित गीतकार गणेश चौलागाईंको रचनामा सार्वजनिक भयो ‘कदम कदममा’

0
188

काठमाण्डौ- लोकप्रिय गायक तथा शर्जक बिमल डाँगीको लय र गणेश चौलागाईंको शब्दमा “कदम कदममा” बोलको गीत सार्बजनिक भएको छ । डोल्पा जिल्लामा जन्मिएर नेपाली गीत संगीतको क्षेत्र सम्वृद्धिका निमित्त जुर्मुराई रहेका गायक तथा शर्जक डाँगीका थुप्रै गीतहरु सामाजिक स्तरमा लोकप्रिय रहेका छन् । यस्तै स्थायी घर दैलेख भएका अर्का शर्जक गणेश चौलागाईंका सिर्जनाहरु पनि अशंख्य श्रोता तथा दर्शकहरुको उच्च रोजाई बन्ने गरेका छन् । “कदम कदममा” बोलको गीतमा पूर्णकला बि.सी र सुन्दर परियारको सुमधुर स्वर सुन्न सकिन्छ । यस गीतको भिडियोमा बिनोद भण्डारी र रुबिना अधिकारीको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन मोडल स्वयम् बिनोद भण्डारीले गरेका हुन् भने छायांकन राजेश घिमिरे र सम्पादन मनोज कार्कीले गरेका छन् । प्रस्तुत गीत सुन्दर परियारको नाममा सार्बजनिक भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here