चन्द्रागिरीमा मिनिट्रक दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

0
23

काठमाडौं – चन्द्रागिरीमा मिनिट्रक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । चन्द्रागिरी नगरपालिका–२ स्थित मसिने भीरमा ना२क ३२३ नम्बरको मिनिट्रक सडकबाट ८०० मिटर तल खसेको हो । दुर्घटनामा तामाङ मरिण कन्ट्रक्सनका एकाउन्टेन अन्दाजी २३ र २४ वर्षका सिन्धुली घर भएका मनिष कार्की र ट्रक चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । चालकको पहचिान खुलेको छैन । उनीहरुले सडकसम्बन्धी काम गर्ने गर्थे । ‘सडकबाट ट्रक र मृतकहरुको शव नदेखिएको र भिरमा कोहीपनि जाननसक्ने अवस्था रहेको घटनास्थल पुगेका एक प्रहरी बताए । डोरी मगाएर उनीहरुको शव निकाल्ने तयारी भइरहेको र दुर्घटनाको कारण अझै नखुलेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here