चट्याङ लागेर बारामा एकको मृत्यु, एक घाइते

0
20

काठमाडौं – चट्याङ लागेर बारामा मंगलबार एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मृत्यु हुनेमा जितपुरसिमरा उपमहानगरपालिका–१४ का धर्मप्रसाद राय चौधरी रहेको बाराका डीएसपी गौतम मिश्रले बताएका छन्।
डीएसपी गौतमका अनुसार दुधौरा खोलामा टायर गाडामा बालुवा लोड गरिरहेको अवस्थामा अचानक चट्याङ पर्दा चौधरी गम्भीर घाइते भएका थिए । डुमरवानास्थित डुमरवाना पोली क्लिनिकमा उपचारको क्रममा उनको मृत्यु भएको उनले बताए ।
टायर गाडामा बालुवा लोड गरिरहेका सोही ठाउँ बस्ने करिब २७ वर्षीय तेतर माझी सामान्य घाइते भएका छन् । उनको सोही क्लिनिकमा उपचार भइरहेको उनले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here